ई ललितपुर समाचारदाता
ललितपुर ०८१ पुस १६ गते मंगलबार
गुगलमा सामान्यतया तपाईं के खोज्नुहुन्छ ? विश्वभरका गुगल प्रयोगकर्ताले भने सन् २०२४ मा ‘कोपा अमेरिका’ फुटबलदेखि डोनाल्ड ट्रम्प, आइफोन १६, अधिक ताप, ओलम्पिक चकलेट मफिन्स, माइक टाइसन, हाउस अफ ड्रागन, पवन कल्याण, फिलिपिन्सको राजधानी मनिलामा रहेको रिजाल पार्क, भाइरल क्युकम्बर सलादजस्ता विषयमा सबैभन्दा धेरै ‘गुगल सर्च’ गरेका थिए ।


