ई ललितपुर समाचारदाता
ललितपुर २०८१ पुस १४ गते आइतबार
श्रीलङ्काका लागि नेपाली आवासीय राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत अनुमोदन भएको छ ।
२०८१ पुस १४ गते आइतबार सिंहदरबारमा बसेको सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले नेपालीलाई श्रीलङ्काको आवासीय राजदूत र माल्दिभ्सका लागि गैरआवासीय राजदूतमा अनुमोदन गरेको हो ।
बैठकपछि समिति सभापति ईश्वरीदेवी न्यौपानेले समितिले सर्वसम्मत रूपमा नेपालीको नाम अनुमोदन गरेको बताउनुभयो । सरकारले गत मङ्सिर १६ गते नेपालीलाई प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत र गणतन्त्र माल्दिभ्सको गैरआवासीय नेपाली राजदूत पदमा प्रस्ताव गरी पठाएको थियो ।
महालक्ष्मी नगरपालिका–९ लामाटारद्वारा जेष्ठ नागरिकलाई तिर्थाटन
दीपकप्रसाद घिमिरे ललितपुर ०८२ वैशाख १ गते ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर–९ द्वारा जेष्ठ नागरिकलाई चितवन, तनहु र नवलपराशीको त्रिबेणीमा रहेको देवघाटमा तिर्थाटन यात्रा गराइएकोे छ । तीर्थाटन ०८१…


