ललितपुर स्पोट्र्स र थापाथली फाइनलमा

ई ललितपुर समाचारदाता
ललितपुर २०८१ पुस १४ गते आइतबार
काठमाडौँ, पुस १४ गते । आयोजक ललितपुर स्पोट्र्स क्लब र थापाथली चेस पार्क तुल्सीलाल स्मृति राष्ट्रिय टिम क्लब चेस च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको प्रतिस्पर्धाको खेलमा आयोजक ललितपुरले प्रतियोगिताको उच्चवरियताको ललितपुर महानगरपालिकामाथि २.५ जोड्दै पछि पारेको छ । ललितपुर महानगरपालिकाले १.५ अङ्क जोड्न सफल भयो ।
ललितपुर स्पोट्र्स क्लब र नेपाल बुद्धिचाल महासङ्घको संयुक्त रूपमा आयोजित प्रतियोगितामा थापाथली चेस पार्क क्लबले साविक दोलखा चेस होमलाई ३.५–०.५ अङ्कले हराउँदै फाइनलमा स्थान बनायो ।
कुल चार लाख ७० हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगिताको विजेता टिमले दुई लाख उपविजेतले एक लाख २० हजार र तेस्रो हुनेले ८० हजार रुपियाँ पुरस्कार पाउने छ ।
यस्तै चौथो हुने टिमलाई ४० हजार तथा प्रत्येक बोर्डमा उत्कृष्ट स्थान हात पार्ने खेलाडीलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । तेस्रो स्थानका लागि ललितपुर महानगरपालिका र दोलखा चेस होमबिच प्रतिस्पर्धा हुनेछ ।
समितिले राज्यका कुनै पनि निकायमा सिफारिस गर्दा समावेशितामा ध्यान दिन आग्रह गरेको छ । समितिले राजदूतमा सिफारिस गर्दा समावेशी बनाएको भन्दै सरकारलाई धन्यवादसमेत दिएको छ ।

Please follow and like us:
Pin Share
  • Related Posts

    महालक्ष्मी नगरपालिका–९ लामाटारद्वारा जेष्ठ नागरिकलाई तिर्थाटन

    दीपकप्रसाद घिमिरे ललितपुर ०८२ वैशाख १ गते ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर–९ द्वारा जेष्ठ नागरिकलाई चितवन, तनहु र नवलपराशीको त्रिबेणीमा रहेको देवघाटमा तिर्थाटन यात्रा गराइएकोे छ । तीर्थाटन ०८१…

    चन्द्रागिरिको पाटन सेवाकेन्द्र ठैबमा शुभारम्भ

    दीपकप्रसाद घिमिरे ललितपुर ०८२ वैशाख ६ गते चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको पाटन सेवाकेन्द्र ठैबमा ०८२ वैशाख ६ गते शुभारम्भ भएको छ । ललितपुरको पुल्चोकस्थित सञ्चालनमा रहेकको साविक पाटन…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    RSS
    Follow by Email