समावेशी महिला समूहद्वारा नारायण मन्दिर सरसफाई, पूजासहित घण्टि प्रतिस्थापन

ई ललितपुर समाचारदाता
ललितपुर ०८१ पुस २६ गते
ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलस्थित दानघाटमा रहेको नारायण मन्दिर सरसफाई सहित मन्दिरमा पूजा गरी घण्टि प्रतिस्थापन भएको छ । समावेशी महिला समूहको आयोजनामा ०८१ पुस २६ गते पौष शुक्ल पक्षको पुत्रदा एकादशीका दिन भएको कार्यक्रममा पण्डित श्रीहरि अधिकारी मन्त्रोच्चारण गरी पूजा गर्नु भएको समूहका अध्यक्ष यमकला (कल्पना) भुसालले जानकारी दिनुभयो ।

पौष शुक्ल पक्का अलावा श्रावण शुक्ल पक्षको एकादशीलाई पनि पुत्रदा एकादशी भनिन्छ । पद्म पुराण अनुसार सांसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको व्रत बस्ने गरिन्छ । सन्तानविहीन रहेका सबैले पुत्रदा एकादशीको व्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहेको छ ।
सत्यनारायण पूजा विष्णुको लागि गरिन्छ जसलाई नारायण पनि भनिन्छ । यस रूपमा, ईश्वरलाई सत्यको अस्तित्व मानिन्छ । यो सत्यनारायण पूजा भक्तहरूले आफ्नो जीवनमा सुख प्राप्त गर्नको लागि गरिने पुराणमा बर्णित रहेको संस्कृतिविदको भनाइ छ ।
पूजा तथा घण्टि प्रतिस्थापन कार्यक्रममा २४ नम्बर वडा अध्यक्ष दिनेश जङ्ग पाण्डेले मन्दिरमा घण्टि प्रतिस्थापनको उदघाटन गर्नु भएको थियो । उहाँले वडामा हरेक क्षेत्रमा महिला सहभागिता बढेको प्रति खुशी व्यक्त गर्दै संस्कृति संरक्षण, जागरण र समुदायको सचेतनामा महिलाहरु संगठितरुपमा सक्रिय भएकोमा प्रसंशा गर्नुभयो ।
धापाखेलमा रहेको समावेशी महिला समूहले समुदायमा आर्थिक, सामाजिक, सांस्कृतिक गतिविधिका साथै वातावरण संरक्षण, स्वास्थ्य सचेतनालगायतका काम गर्दै आएको समूहका उपाध्यक्ष टिकादेवी तिम्सिना गौतमले बताउनु भयो ।
महिला समूहका सदस्यसहित वडाअध्यक्ष दिनेशजंगा पाण्डे, वडा सदस्य हरिकृष्ण महर्जनलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको समूहका सचिव मिठु (दीक्षा) बजगाईले जानकारी दिनुभयो ।

Please follow and like us:
Pin Share
  • Related Posts

    महालक्ष्मी नगरपालिका–९ लामाटारद्वारा जेष्ठ नागरिकलाई तिर्थाटन

    दीपकप्रसाद घिमिरे ललितपुर ०८२ वैशाख १ गते ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर–९ द्वारा जेष्ठ नागरिकलाई चितवन, तनहु र नवलपराशीको त्रिबेणीमा रहेको देवघाटमा तिर्थाटन यात्रा गराइएकोे छ । तीर्थाटन ०८१…

    चन्द्रागिरिको पाटन सेवाकेन्द्र ठैबमा शुभारम्भ

    दीपकप्रसाद घिमिरे ललितपुर ०८२ वैशाख ६ गते चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको पाटन सेवाकेन्द्र ठैबमा ०८२ वैशाख ६ गते शुभारम्भ भएको छ । ललितपुरको पुल्चोकस्थित सञ्चालनमा रहेकको साविक पाटन…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    RSS
    Follow by Email