
ई ललितपुर समाचारदाता
ललितपुर २०८१ पुस १५ गते सोमबार
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ललितपुरको अध्यक्षमा ताराप्रसाद खनाल निर्वाचित हुनुभएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित भ्याली पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल खनाल प्याब्सन ललितपुरको २०८१ पुस १५ गते सोमबार सम्पन्न १६ औँ अधिबेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको प्याब्सनले जनाएको छ ।
जिल्ला कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बासुदेव कोइराला, उपाध्यक्ष सशि श्रेष्ठ, सचिव सुन्दर कुमार श्रेष्ठ निर्वाचित हुनु भएको हो ।
सहसचिवमा गोविन्द अधिकारी, कोषाध्यक्षमा जमुना महर्जन र सह–कोषाध्यक्षमा सत्यावती थापा निर्वाचित हुनभएको जनाइएको छ ।
यसैगरी कार्यसमिति सदस्यहरुमा शिवेन्द्र कार्की, रमेश घिमिरे, शंकर घिमिरे, विद्या श्रेष्ठ, रिता श्रेष्ठ, रामकृष्ण अवाले, विद्या माली र रणबिर गिरी चयन हुनुभएको प्याब्सनले जनाएको छ ।