महालक्ष्मी नगरपालिका–९ लामाटारद्वारा जेष्ठ नागरिकलाई तिर्थाटन

दीपकप्रसाद घिमिरे
ललितपुर ०८२ वैशाख १ गते


ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर–९ द्वारा जेष्ठ नागरिकलाई चितवन, तनहु र नवलपराशीको त्रिबेणीमा रहेको देवघाटमा तिर्थाटन यात्रा गराइएकोे छ ।
तीर्थाटन ०८१ चैत २९ गते बिहान सुरु भएको यात्रा देवघाट पुगेर बास बसी चैत ३० गते बिहानै देवघाटमा स्नान गरेर, भजन किर्तन र प्रवचन सुन्ने कार्य पछि भोजन गरी ललितपुर तर्पm फर्काइएको थियो ।


यात्रीहरु चैत ३० गते बेलुकी गन्तव्यमा पुगेको वडा अध्यक्ष जयकृष्ण बोगटीले जानकारी दिनुभयो । ४ वटा पर्यटकीय बसमा वडा सदस्यहरू शशिधर पोखरेल, सरिता पोखरेल, बेली सुर्खेती, कुमार बयलकोटी र वडा सचिव नारायण कुमार श्रेष्ठको नेतृत्वमा कर्मचारी समेत, स्वास्थ्यकर्मी र स्वयम्सेविका समेतको सहयोगमा ८५ जना ज्येष्ठ नागरिकलाई तीर्थाटन गराइएको वडा सचिव नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।


ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनगर गर्दै हरेक गाडीमा औंषधीदेखि स्वास्थ्यकर्मी, खाजा, फलपूmलको समेत व्यवस्था गरिएको थियो । ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गरी आद्यात्मिक सेवा दिइरहेका आश्रममा खाना र वासको राम्रो व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
बुढेसकालमा टोलछिमेकमा पुराना दौतरीसँग ऐतिहासिक भूमि देवघाटको भ्रमण गर्न पाउँदा जेष्ठ नागरिकहरू हर्षित भएका छन् । ज्येष्ठ नागरिकहरुले हाम्रा हिमतमा यति राम्रो काम गरेको भन्दै नगरपालिका, वडा कार्यालयका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीलाई धन्यवाद सहित आशिर्वाद दिए । यस्ता कार्यक्रम निरन्तरता दिन ज्येष्ठ नागरिकहरूको सुझाव छ ।
देवघाट कालीगण्डकी र त्रिसुली नदीको संगमस्थल हो भने दुवै नदी मिसिएपछि नारायणी नदी बन्दछ । हिन्दुहरुको पवित्र धार्मिक तीर्थस्थल मात्र नभएर चितवन, तनहुँ र नवलपरासी जिल्लाको संगमस्थल भएकाले यसको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व धेरै रहेको छ ।
नगर प्रमुख हरिगोबिन्द श्रेष्ठ, नगर उप प्रमुख लक्ष्मी महर्जनले जेष्ठ नागरिकहरुलाई शुभयात्रा सहित सफल भ्रमणको शुभकामना दिंदै बिदाइ गर्नु भएको थियो ।
उमेरले ८२ वर्षीय पुग्नु भएका ज्येष्ठ नागरिक रामनाथ शर्मा पौडेल ९ नम्बर वडा कार्यालयले आयोजना गरेको ज्येष्ठ नागरिक तीर्थाटन कार्यक्रमलाई ज्येष्ठ नागरिकलाई सामूहिक भेटघाट र सामूहिक यात्राको व्यवस्थापन गर्नु अति महत्वपूर्ण भएको स्मरण गर्दै बाल्यावस्थामा एउटै धारा पँधेरामा पानी भर्ने गरे पनि समय परिस्थितिअनुसार भेटघाट नभएको अवस्थामा ज्येष्ठ नागरिकले एक आपसमा विचार आदान प्रदान, भेटघाट र परिचयमा थप निखारता ल्याएको बताउनु भयो ।
त्रिविका प्रथम श्रेणीका प्रशासक भएर दक्षिण पूर्वी एशियाको प्राय सबै मुलुकका साथै वि.सं. २०२३ साल भदौ १० गतेदेखि २०६७ सालसम्म डेढ दर्जनभन्दा बढी मुलुकको शैक्षिक अवलोकन भ्रमण गर्नु भएका पौडेलले लामाटारको तीर्थाटन कार्यक्रम अनुकरणीय भएको बताउनु भयो ।
पूर्व शिक्षा सेवी एवम् रेडियो नेपालको धार्मिक कार्यक्रमका पूर्व प्रस्तोता ६८ वर्षीय हरिहर पोखरेलका अनुसार महालक्ष्मी नगरपालिकाको वडा नम्बर नौले सबै क्षेत्र वर्ग, लिङ्गका ६८ वर्ष माथिका ज्येष्ठ नागरिकलाई तीर्थाटन गराउदा वडा कार्यालयले समाजमा सबै मान्छेले विविध क्षेत्रमा रुचि राख्ने भएकोले सबै पक्षलाई सम्पूर्णरुपमा व्यवस्थित गरेको पाइएको बताउनु भयो ।
अध्यात्म क्षेत्रका चारवटा पुस्तकहरु प्रकाशित गरिसक्नु भएका पण्डित पोखरेलले सबैको लागि अनुकुल हुने किसिमले व्यवस्थित गरी राज्यको श्रोतको सहि प्रयोग भएको पाइएको बताउनु भयो ।
ज्येष्ठ नागरिकको तीर्थाटन कार्यक्रमको औचित्य बारे युवा वर्गलाई पनि सचेतनामुलक जानकारी दिनु आवश्यक भएको बताउने ज्येष्ठ नागरिकहरु तीर्थाटन कार्यक्रमका यात्रीहरुलाई महेश संस्कृत आश्रम, गलेश्वर आश्रमको समेत अवलोकन गराउनुले भोजन, सिकाई, ज्ञान र सामाजिक सद्भावमा टेवा पुग्ने विश्वास गर्नुहुन्छ ।
स्थानीय सरकारले ज्येष्ठ नागरिक लक्षित कार्यक्रम के कसरी गर्न सक्छन् र उनीहरुप्रति कस्तो जवाफदेहिता प्रदर्शन गर्छन भन्ने उदाहरण प्रस्तुत गर्न पनि यो कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष जयकृष्ण बोगटीका बताउनु भयो ।
वडा कार्यालयले बालबालिकाका लागि बाल क्लव गठन गरी बाल क्लव मार्पmत गतिविधि सञ्चालन गर्दै आएको छ भने युवाहरुका लागि वडा अध्यक्ष कप बुद्धिचाल प्रतियोगिता र हप्कि डो कार्यक्रम गर्दै आएको छ । महिलाहरुका लागि उद्घोषण, नेतृत्व विकास र उद्यमशिलता विकास कार्यक्रम गरिँदै आएको छ भने दलित वर्गलाई अनलाइन मार्केटिङ सीप विकास तालिम गर्ने तय भएको छ ।
वडा सदस्य शशिधर पोखरेलका अनुसार कार्यक्रम तयारीका क्रममा ज्येष्ठ नागरिक तीर्थाटनलाई व्यवस्थित गर्न ६८ वर्षभन्दा पहिला भिन्न भिन्न पेशा व्यवसाय गरेका ज्येष्ठ नागरिकको अनुभव आदान प्रदानका साथै आन्तरिक पर्यटन विकासमा राज्यलाई टेवा पुग्ने विश्वास गर्नुभयो ।
तीर्थाटन टोलीमा ज्येष्ठ नागरिकको साथमा प्राथमिक उपचार सामग्री सहित एक जना स्वास्थ्यकर्मीलाई खटाइएको थियो ।

दुई दिन एक रातको तीर्थाटन कार्यक्रम पूरा गरी ज्येष्ठ नागरिकको टोली फर्किएको छ । स्वदेशका दर्शनीय तीर्थस्थलको अवलोकनका लागि आगामी वर्षमा पनि ज्येष्ठ नागरिकलाई पठाउनका लागि यथोचित बजेटको व्यवस्था गरिने वडा अध्यक्ष बोगटीले बताउनु भयो ।
नेपाल सरकार, स्थानीय सरकारहरु र विभिन्न सामाजिक संघ संस्थाहरुले ज्येष्ठ नागरिकसँंग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्न अघि बढेको देखिन्छ । विभिन्न संघ संस्थाहरुले आफ्ना सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दा सरकारले नै लक्षित वर्गका रुपमा तोकेको ज्येष्ठ नागरिक, महिला, बालबालिका, अपाङ्गता भएका ब्यक्तिहरुलाई बढी प्राथमिकता दिएको पाइन्छ ।
समूहमा तीर्थाटन गर्दा उनीहरुले निक्कै रमाईलो मान्ने गर्दछन् । हाम्रो धार्मिक मान्यता अनुसार हाम्रा ज्येष्ठ बुबा आमाहरुलाई जिउँदा देवताको रुपमा मानिएको छ । उनीहरुको दर्शन गर्नाले पुण्य प्राप्त हुन्छ भनिएको छ । उनीहरुलाई माया गर्नु, सम्मान गर्नु, विभिन्न ठाँउको दर्शन गराउनु र बिभिन्न सेवा सुबिधा उपलब्ध गराउनु हामी सबैको कर्तव्य भएको वडा अध्यक्ष बोगटीले बताउनु भयो ।

Please follow and like us:
Pin Share
  • Related Posts

    चन्द्रागिरिको पाटन सेवाकेन्द्र ठैबमा शुभारम्भ

    दीपकप्रसाद घिमिरे ललितपुर ०८२ वैशाख ६ गते चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको पाटन सेवाकेन्द्र ठैबमा ०८२ वैशाख ६ गते शुभारम्भ भएको छ । ललितपुरको पुल्चोकस्थित सञ्चालनमा रहेकको साविक पाटन…

    समावेशी महिला समूहद्वारा नारायण मन्दिर सरसफाई, पूजासहित घण्टि प्रतिस्थापन

    ई ललितपुर समाचारदाता ललितपुर ०८१ पुस २६ गते ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलस्थित दानघाटमा रहेको नारायण मन्दिर सरसफाई सहित मन्दिरमा पूजा गरी घण्टि प्रतिस्थापन भएको छ । समावेशी महिला…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    RSS
    Follow by Email