चन्द्रागिरिको पाटन सेवाकेन्द्र ठैबमा शुभारम्भ

दीपकप्रसाद घिमिरे
ललितपुर ०८२ वैशाख ६ गते


चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको पाटन सेवाकेन्द्र ठैबमा ०८२ वैशाख ६ गते शुभारम्भ भएको छ ।
ललितपुरको पुल्चोकस्थित सञ्चालनमा रहेकको साविक पाटन बहुउद्धेश्यीय सहकारी संस्था लि. र चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.विच एकीकरण प्रकृया सम्पन्न भई पाटन सेवाकेन्द्र गोदावरी नगरपालिका वडा नं. १४, ठैबमा सञ्चालन भएको संस्थाका अध्यक्ष शिब शङ्कर मानन्धरले जानकारी दिनुभयोे ।
आइएलओका बोर्ड मेम्बर तथा चन्द्रागिरि साकोसका सल्लाहकार योगेन्द्र कुमार कुँबरको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त सेवा केन्द्रबाट वैशाख ६ गते नै ७० जना नयाँ व्यक्तिहरुले सदस्यता लिनुभएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताउनु भयो ।


कार्यक्रमका प्रमुख अतिथि कुँबरले चन्द्रागिरि साकोसले सहकारी अभियानमा सकारात्मक सन्देश जाने गरी सदस्यहरुको सेवा व्यवस्थापन गरेकोमा आफु खुसी रहेको उल्लेख गर्दै सहकारी क्षेत्रको छबी राम्रो बनाउनमा पनि योगदान रहने गरी अगाडि बढ्ने भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्ष सानुराजा घिमिरे र १४ का अध्यक्ष निरोज बज्राचार्यले सहकारी अभियानमा चुनौती बढिरहेको समयमा समुदायमा उत्कृष्ट सेवा प्रवाह गर्दै आएको चन्द्रागिरि साकोसले ठैबबाट सेवा प्रवाह गरेकोमा खुशी व्यक्त गर्नुभयो ।


संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ संस्थाको संक्षिप्त परिचय, वस्तु तथा सेवा र भावी योजनाको बारेमा प्रस्तुतीकरण राख्नु भएको थियो भने सञ्चालक तथा सेवाकेन्द्र व्यवस्थापन उप समितिका सदस्य राजेश महर्जनले चन्द्रागिरि साकोस र पाटन बहुउद्देश्यीय सहकारीको एकीकरण सम्बन्धी पृष्ठभूमीमा चर्चा गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष शिबशङ्कर मानन्धरले चन्द्रागिरि साकोसमा २२ हजार जना सेयर सदस्य आबद्ध भएको उल्लेख गर्दै तीन अर्ब ६३ करोड कुल सम्पत्ती रहेकाले गोदावरी नगरपालिका क्षेत्रमा सदस्यहरुलाई सन्तुष्टी हुने गरी सेवा प्रदान गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।
कर्यक्रममा संस्थागत पूँजी कोषमा २१ करोड रहेको उल्लेख गर्दै ऋण लगानी २ अर्ब ३० करोड रहेको जानकारी दिइएको थियो । संस्थामा तीन अर्ब बचत रहेको सिइओ श्रेष्ठले बताउनु भयो । स्टार अस्पतालसँगको सहकार्यमा भएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गर्नु भएको काशीनाथ घिमिरेले जानकारी दिनुभयो ।

Please follow and like us:
Pin Share
  • Related Posts

    महालक्ष्मी नगरपालिका–९ लामाटारद्वारा जेष्ठ नागरिकलाई तिर्थाटन

    दीपकप्रसाद घिमिरे ललितपुर ०८२ वैशाख १ गते ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर–९ द्वारा जेष्ठ नागरिकलाई चितवन, तनहु र नवलपराशीको त्रिबेणीमा रहेको देवघाटमा तिर्थाटन यात्रा गराइएकोे छ । तीर्थाटन ०८१…

    समावेशी महिला समूहद्वारा नारायण मन्दिर सरसफाई, पूजासहित घण्टि प्रतिस्थापन

    ई ललितपुर समाचारदाता ललितपुर ०८१ पुस २६ गते ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलस्थित दानघाटमा रहेको नारायण मन्दिर सरसफाई सहित मन्दिरमा पूजा गरी घण्टि प्रतिस्थापन भएको छ । समावेशी महिला…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    RSS
    Follow by Email