दक्षिण कोरिया विमान दुर्घटनाः मृतकको सङ्ख्या १६७ पुग्यो

समाचारदाता
२०८१ पुस १४ गते आइतबार
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६७ पुगेको छ । १८१ जना सवार विमान धावनमार्गमा ल्याण्ड गर्नेबेला चिप्लिएर दुर्घटना भएको थियो ।
बिबिसीका अनुसार विमानमा १७५ जना यात्री र चालक दलका ६ सदस्य सवार थिए । सो विमान थाइल्याण्डको बैंककबाट यात्रु लिएर फर्केको थियो । दक्षिण कोरियाको अग्निशमन विभागका अनुसार मृतक सङ्ख्याबारे एकिन गर्ने काम भइरहेको छ ।
विभागका अनुसार अहिलेसम्म दुई जनाको उद्धार गरिएको छ । विभागले जनाएअनुसार बाँच्न सफल हुनेमा एकजना यात्री र एकजना चालक दलका सदस्य रहेको बिबिसी हिन्दीले जनाएको छ ।

Please follow and like us:
Pin Share
  • Related Posts

    महालक्ष्मी नगरपालिका–९ लामाटारद्वारा जेष्ठ नागरिकलाई तिर्थाटन

    दीपकप्रसाद घिमिरे ललितपुर ०८२ वैशाख १ गते ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर–९ द्वारा जेष्ठ नागरिकलाई चितवन, तनहु र नवलपराशीको त्रिबेणीमा रहेको देवघाटमा तिर्थाटन यात्रा गराइएकोे छ । तीर्थाटन ०८१…

    चन्द्रागिरिको पाटन सेवाकेन्द्र ठैबमा शुभारम्भ

    दीपकप्रसाद घिमिरे ललितपुर ०८२ वैशाख ६ गते चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको पाटन सेवाकेन्द्र ठैबमा ०८२ वैशाख ६ गते शुभारम्भ भएको छ । ललितपुरको पुल्चोकस्थित सञ्चालनमा रहेकको साविक पाटन…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    RSS
    Follow by Email