मोटिभेस्नल तथा एड्भान्स कोट कटिङ तालिम सम्पन्न

ई ललितपुर समाचारदाता
ललितपुर ०८१ पुस ६ गते शनिबार
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, ललितपुरको आयोजना र ललितपुर उद्योग बाणिज्य संघको आर्थिक सहयोगमा मोटिभेस्नल तथा एड्भान्स कोट कटिङ तालिम सम्पन्न भएको छ ।
ललितपुर उद्योग बाणिज्य संघको सभाहलमा २०८१ साल पुस ६ गते शनिबार आयोजित एक दिने तालिममा संघमा आबद्ध ३३ जना प्रशिक्षर्थीहरुको सहभागिता रहेको संघका अध्यक्ष समेत रहनु भएका नेपाल टेलरिङ व्यवसायी महासंघका उपाध्यक्ष पूर्णबहादुर महर्जनले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागीहरुको जिज्ञासालाई समाधान गर्दै सफल व्यवसायी हुन आवश्यक ज्ञान, सीप र धारणाका बारेमा नेपाल टेलरिङ व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष राजमान डंगोलले प्रशिक्षण दिनु भएको संघका उपाध्यक्ष मैया मानन्धरले बताउनु भयो ।
ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष विश्वराज बज्राचार्यले ललितपुर उद्योग वाणिज्य संघले नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, ललितपुरलाई पारस्परिक सम्बृद्धिका लागि आवश्यक न्यूनतम आवश्यकताहरु पूर्ति गर्न आपसी सहयोग गर्दै जाने बताउनु भयो । उहाँले प्रशिक्षार्थीहरुले सिकेको सीपलाई व्यवहारमा रुपान्तरण गर्न सुझाव दिँदै ग्राहक वर्गलाई कस्तो पोशाक लगाएर कहाँ जाने भन्ने बारेमा पनि सचेतना जगाउनु पर्ने खाँचो औंल्याउनु भयो ।
संघका उपाध्यक्ष प्रेमकृष्ण महर्जनका अनुसार मोटिभेस्नल तथा एड्भान्स कोट कटिङ तालिमका सहभागीहरुले सिकेको सीप व्यवहारिक भएको उल्लेख गर्दै यस्ता कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गर्ने बताउनुभयो ।
तालिमका सक्रिय सहभागीहरुलाई यही पुस १३ गते सम्पन्न हुने संघको १३ औं वार्षिक साधारणसभाका दिन प्रमाणपत्र वितरण गर्ने संघ सचिव नानिमैया नेपाली (भुसाल)ले जानकारी दिनुभयो ।

 

Please follow and like us:
Pin Share
  • Related Posts

    महालक्ष्मी नगरपालिका–९ लामाटारद्वारा जेष्ठ नागरिकलाई तिर्थाटन

    दीपकप्रसाद घिमिरे ललितपुर ०८२ वैशाख १ गते ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर–९ द्वारा जेष्ठ नागरिकलाई चितवन, तनहु र नवलपराशीको त्रिबेणीमा रहेको देवघाटमा तिर्थाटन यात्रा गराइएकोे छ । तीर्थाटन ०८१…

    चन्द्रागिरिको पाटन सेवाकेन्द्र ठैबमा शुभारम्भ

    दीपकप्रसाद घिमिरे ललितपुर ०८२ वैशाख ६ गते चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको पाटन सेवाकेन्द्र ठैबमा ०८२ वैशाख ६ गते शुभारम्भ भएको छ । ललितपुरको पुल्चोकस्थित सञ्चालनमा रहेकको साविक पाटन…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    RSS
    Follow by Email