नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को प्रकाशन पूर्व वार्षिक समीक्षा

ई ललितपुर समाचारदाता
ललितपुर ०८१ पुस ७ गते/ ललितपुरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा ०८१ पुस ७ गते सम्पन्न भएको छ ।
इन्सेकले सन् २०२४ को अवधिमा सङ्कलन गरको मानव अधिकार वर्ष पुस्तक–२०२५ का लागि सङ्कलन गरिएका घटनाहरूको पूर्व समीक्षा गरिएको हो । इन्सेकले ललितपुर जिल्लामा सन् २०२४ मा ललितपुरमा तीन सय १२ ओटा घटना अभिलेखीकरण भएको जानकारी दिएको छ ।
अभिलेखीकरण भएको घटनामा हत्या ७ ओटा, हत्या प्रयास १८ ओटा, बलात्कार ५६ ओटा, बलात्कार प्रयास दुई ओटा, मानव बेचबिखन तथा ओसार पसार दुई ओटा, बहुविवाह ११ ओटा, बाल यौन दुरव्यवहार सात ओटा, यौन दुरव्यवहार एक ओटा, दाइजो (विवाहमा लेनदेन गर्न नहुने) एक ओटा, बालबालिका सम्बन्धी कसुर एक ओटा, विद्युतीय कारोबार (साइबर) सम्बन्धी तीन ओटा र घरेलु हिंसा २०३ ओटा, गरी जम्मा तीन सय १२ ओटा घटना रहेको पाइएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाल ललितपुरमा घरेलु हिंसाका दुई सय तीन घटना अभिलेखिकरण
कार्यक्रममा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गरिने घटनाहरुको अभिलेखका साथै मानव अधिकारका बारेमा जिल्लाका छ वटै पालिका स्तरमा छलफल गर्नु जरुरी भएको खाँचो औल्याउनु भयो । उहाँले मानव अधिकारको रक्षा र विकासका लागि स्थानीय सरकार र नागरिक संस्थाहरुबीच सहकार्य गर्न आवश्यक समन्वयका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
नेपाली काङ्ग्रेस ललितपुरका सचिव बशिष्ट अधिकारीले कुनै पनि घटनामा संलग्न अपराधिले दण्ड पाउनुपर्ने उल्लेख गर्दै त्यस्ता व्यक्तिको कसैले पनि संरक्षण गर्न नहुनेमा जोड दिनु भयो ।
उहाँले सकरात्मक सामाजिक रुपान्तरणका लागि सरकार र नागरिक संस्थाबीच सहकार्य हुनुपर्ने खाँचो औंल्याउदै नेतृत्व गर्नेले असल अभ्यासको नीति बनाउनु पर्नेमा जोड दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी एमाले ललितपुरका सचिव राम राउतले आफूहरुले मानव अधिकार रक्षाका लागि न्याय र कानुन विभाग स्थापना गरी कार्य गरिरहेको उल्लेख गर्दै समृद्ध नेपाल सुखी नेपालीको नारा अनुसारको व्यवहारका लागि आवशयक सहकार्यमा जोड दिनुभयो । उहाँले नागरिकको श्रमजीवी वर्गको अधिकार सुनिश्चि गर्न नागरिक संस्थाले खबरदारी गर्नु पर्ने उल्लेख गर्दै सरकारका प्रशासनिक निकायमा तयार गरिएको फर्मेटमा खाली ठाउँ भर्ने परिपाटीले नागरिकले भोगेको पीडाको सत्य व्यहोरा उल्लेख हुन नसकेकोले संशोधनको पहल गर्न इन्सेकलाई आग्रह गर्नुभयो ।
ललितपुर जिल्ला अदालतका प्रवक्ता एवम् सूचना अधिकारी राम सजिवन महतोले समाजमा मानव अधिकारको रक्षा र विकाससँगै व्यवहारिक प्रयोगका लागि सचेतनाको खाँचो औंल्याउदै विद्यालयतहबाट नै मानव अधिकार र नैतिक शिक्षाको व्यवस्था हुनु पर्नेमा जोड दिनुभयो ।
प्रहरी परिसर जावलाखेल महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका वरिष्ठ सइ वसन्ता घिमिरेले विधिको शासन पालना गराउन मानव अधिकार सचेतना अभियानले सघाएको बताउनु भयो ।
उहाँले समाजमा शिक्षाभन्दा पनि सचेतनाको खाँचो रहेको उल्लेख गर्दै हिंसामा परेका महिलाहरुले अहिले पनि कानूनी उपचारभन्दा व्यवहारिक समाधान खोज्ने, उजुरी पछि मिलापत्र गरेर पछि फेरी सोही प्रकृतिको समस्या झेलिरहेका उदाहरण रहेको चर्चा गर्नुभयो ।
इन्सेक बागमती प्रदेशका संयोजक गणेश भण्डारीले मानव अधिकार हनन् र ज्यादतीका घटना निराकरणका लागि विद्यालयस्तरदेखि नै सचेतनामुलक कार्यक्रम अघि बढाउनुपर्ने खाँचो औल्याउनु भयो ।
उहाँले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशनको ऐतिहासिक पृष्ठभूमीका साथै इन्सेक अभियानका बारेमा जानकारी दिँदै अहिलेको अवस्थामा देशमा नागरिक तथा राजनीतिक भन्दा आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारका विषयलाई प्राथमिकता दिनु पर्नेमा जोड दिनुभयो ।
संयोजक भण्डारीले जलवायु र वातावरणका सम्बन्धमा राज्य जवाफदेही हुनु पर्ने उल्लेख गर्दै ०८१ असोज १० देखि १२ गते आएको बाढीले पु¥याएको क्षति पनि त्यसकै असर भएकोले नागरिक समाज र सञ्चार जगतले पनि ध्यानाकर्षण गर्नु पर्नेमा जोड दिनुभयो ।
गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य टिकाराम दाहालले सरसफाईको काम गर्ने श्रमिकले भोग्नु परेको समस्याका साथै उनीहरुको सामाजिक सुरक्षा र स्वास्थ्यका लागि राज्यले ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
वरिष्ठ शिक्षा सेवी सूर्यप्रसाद घिमिरेले मानवअधिकार र नैतिक शिक्षाका साथै नागरिक दायित्व र कर्तव्य बारे विद्यालय तहको शिक्षामा समावेश गर्नु पर्ने खाँचो औंल्याउदै सकरात्मक सामाजिक रुपान्तरणका लागि नागरिक संस्थाको अहम भूमिका हुने बताउनु भयो ।
पत्रकार पुरुषोतम बस्नेतले इन्सेकले सङ्कलन गरेका घटनाका बारेमा पालिकास्तरको छुट्टाछट्टै तथ्याङ्क राख्न सुझाव दिनुभयो ।
पत्रकार सन्तोस दाहालले इन्सेकले सङ्कलन गरेका घटना विवरणले समाजमा सचेतना जगाएको स्मरण गर्दै जिल्लामा सबैले मानव अधिकारको रक्षा र सकरात्मक सामाजिक रुपान्तरणका लागि साझा पहल गर्नुपर्ने बताउनु भयो ।
छोरीका लागि छोरी अभियानका बसुदा बस्नेत पाण्डेले बेरोजगार महिलाहरुले समाजमा भोग्दै आएका हिंसाको अन्त्यका लागि आर्थिक विकास र रोजगारीमा तीनै तहका सरकारलाई इन्सेकले ध्यानाकर्षण गराउनु पर्ने बताउनु भयो ।
अधिकारकर्मी मञ्जु बि.क.ले घरेलु श्रमिकका समस्या र उनीहरुले भोग्दै आएका पीडालाई न्यायीक निकायमा दर्ता गर्नुपर्ने खाँचो औंल्याउनु भयो ।
मानव अधिकार सञ्जाल ललितपुरका कोषाध्यक्ष पूर्णबहादुर महर्जनले स्थनीय तह न्यायीक समितिका प्रतिनिधिहरुलाई आफूहरुले मानव अधिकारका सवालमा घच्घच्याउने उल्लेख गर्दै जिल्लाको मानव अधिकार अवस्थाका बारेमा सबैले सचेतना र जागरणका अभियान अघि बढाउनु आवश्यक भएको बताउनुभयो ।

 

Please follow and like us:
Pin Share
  • Related Posts

    महालक्ष्मी नगरपालिका–९ लामाटारद्वारा जेष्ठ नागरिकलाई तिर्थाटन

    दीपकप्रसाद घिमिरे ललितपुर ०८२ वैशाख १ गते ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर–९ द्वारा जेष्ठ नागरिकलाई चितवन, तनहु र नवलपराशीको त्रिबेणीमा रहेको देवघाटमा तिर्थाटन यात्रा गराइएकोे छ । तीर्थाटन ०८१…

    चन्द्रागिरिको पाटन सेवाकेन्द्र ठैबमा शुभारम्भ

    दीपकप्रसाद घिमिरे ललितपुर ०८२ वैशाख ६ गते चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको पाटन सेवाकेन्द्र ठैबमा ०८२ वैशाख ६ गते शुभारम्भ भएको छ । ललितपुरको पुल्चोकस्थित सञ्चालनमा रहेकको साविक पाटन…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    RSS
    Follow by Email