कपडा तथा सिलाईका सीप विकासका लागि सहकार्र्यमा जोड

ई ललितपुर समाचारदाता

ललितपुर/ २०८१ पुस १३ गते शनिबार
ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य (आश्था)ले कपडा तथा सिलाई व्यवसायीहरुसँग सिप विकासका लागि सहकार्य गर्ने बताउनु भएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ ललितपुरको १३ औं वार्षिक साधारणसभामा २०८१ पुस १३ गते शनिबार बोल्दै उपप्रमुख शाक्यले नेपाली मौलिक पोशाक र नयाँ पुस्तालाई सीप हस्तान्तरणमा प्राथमिकता दिन आग्रह गर्नु भएको हो ।
उहाँले ललितपुर महानगर क्षेत्रमा सञ्चालन हुदै आएका पेसा व्यवसाय सञ्चालकहरुका समस्या समाधानका लागि केही दिन अघि सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको ध्यानाकर्षण गरेको स्मरण गर्दै देशको आर्थिक विकास र समृद्धिका लागि स्थानीय तहबाट पनि विशेष अभियान चलाइने बताउनु भयो ।
कपडा तथा सिलाई व्यवसायीहरुले वस्तु खरिद गरी पेसा सञ्चालनका लागि सीप प्रयोग गरी काम गर्दै आएकोमा त्यसलाई पनि विदेशी वस्तुले असर पु¥याएको उल्लेख गर्दै कपडा तथा सिलाई व्यवसायमा समय सुहाउदो सीप विकास गर्नुपर्ने खाँचो औंल्याउनु भयो ।
उपप्रमुख शाक्यले नेपाली उत्पादन र मौलिक पोसाकको प्रवद्र्धनमा प्राथमिकता दिन संघसँग ललितपुर महानगरपालिकाले सहकार्य गर्र्नेमा जोड दिनुभयो ।
उहाँले चुनौतीका बीचबाट नै अवसर सिर्जना गर्नु पर्ने स्मरण गर्दै नेपालको उद्योग व्यवसाय सुगौली सन्धी पछिदेखि नै पर निर्भर हुँदै आएको चर्चा गर्नुभयो ।
ललितपुर महानगरपालिकाले फुटपाथ अतिक्रमणकारीलाई हटाउनका लागि महानगरपालिकाले प्रयत्न गर्दा गर्दै सफलता हासिल गर्न नसकिएको स्मरण गर्दै महानगरवासिको खाली जग्गा वा सटरमा पार्किङ व्यवसाय सञ्चालन गरेमा निःशुल्क दर्ता र सञ्चालन अनुमती दिने र त्यसलाई स्थानीयवासीले व्यवसायका रुपमा अघि बढाउन सक्नेमा जोड दिनुभयो ।
ललितपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष सुसन महर्जनले ललितपुरका उद्योगी व्यवसायीहरुलाई ललितपुर महानगरपालिकाका जनताले तिरेको राजश्वबाट तलब भत्ता खाएर सेवा गर्न राखिएका व्यक्तिहरुले नै फुटपाथ व्यवसाय र पार्किङ सञ्चालन गराएर आर्थिक आर्जन गरेको स्मरण गर्दै ललितपुर महानगरपालिकाबाट सबै पेसा व्यवसायीहरुको हक हितका लागि नीतिगत रुपमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल टेलरिङ व्यवसायी महासंघका अध्यक्ष सदीश श्रेष्ठले अब राजनीतिक एजेण्डा सकिएकाले सम्पूर्ण शक्ति लगाएर मुलुकलाई आर्थिक विकासको एकल सूत्रमा लैजानु पर्ने खाँचो औंल्याउनु भयो । उहाँले मुलुकभित्र अब कोही कसैले पनि बेरोजगार भएर बस्नु नपर्ने अवस्था सरकारले सिर्जना गर्नु पर्ने खाँचो औंल्याउदै सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानमा सिंगो मुलुकलाई नै आर्थिक विकासको एकल शुत्रमा अगाडि लैजानु पर्नेमा जोड दिनुभयो ।
अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक अवस्थालाई यथार्थपरक भएर हेर्ने हो भने अझै पनि नेपालमा लगानीको वातावरण त्यति उत्साहजनक बन्न नसकेकोले समयमै सरकारले अर्थतन्त्रमा दीर्घकालीन संरचनात्मक समस्या समाधान गर्दै अर्थतन्त्रमा लगानीको आधार विकास गर्न आह्वान गर्नुभयो ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले फुटपाथ व्यापारीले गर्दा घरभाडा तिरेर व्यापार गर्दै आएका व्यवसायीहरु मर्कामा परेको स्मरण गर्दै नेपालका कपडा व्यवसायीहरुले सही भन्सार मूल्य तिरेर कपडा खरिद गर्ने अवसर नभएका कारण पीडामा रहेकोले राजश्व तिरेर व्यवसाय सञ्चालन गर्दै आएकालाई अनुगमनका नाममा कारबाही गर्ने तर करोडौंको व्यापार गर्दै आएका कुनै पनि व्यवसाय दर्ता नगरी मान्छे हिँड्ने बाटो छेक्ने फुटपाथ व्यापारीहरुलाई कुनै कारबाही नगरी प्रोत्सहान गरेको गुनासो गर्नुभयो ।
उहाँले ललितपुर महानगरपालिकाममा व्यक्ति विशेषको इन्ट्रेस्टमा पार्किङ र एकतर्फी सवारी सञ्चालनको काम भएको स्मरण गर्दै व्यवसायीसँग ललितपुर महानगरपालिकाले करको दायरामा ल्याए बापत व्यापार गर्न कुनै पनि सुबिधा नदिएकाले नगरवासीले अपनत्व गर्न सक्ने गरी व्यवहार गर्न ललितपुर महानगरपालिकाका उपमेयरको ध्यानाकर्षण गर्नुभयो ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ २०५५ का, ललितपुर जिल्ला शाखाका संस्थापक अध्यक्ष सुरज बज्राचार्यले व्यवसायीहरुले नेट प्रोफिट वा ग्रस प्रोफिट नाफा कुनलाई मान्ने भन्ने स्पष्ट गर्नु पर्ने उल्लेख गर्दै राज्यले कुनै पनि व्यवसाय सञ्चालन गर्दा त्यसमा लाग्ने सम्पूर्ण खर्च कटाएर मात्र २० प्रतिशत नाफा गर्न पाउने भन्ने विषयलाई स्पष्ट पारेर व्यवहार गर्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले कपडा तथा सिलाई व्यवसायीहरुलाई एकताबद्ध भएर पेसा व्यवसाय सञ्चालनका लागि आग्रह गर्दै फुटेर नभइ जुटेर मात्र व्यवसायिक हित हुनेमा जोड दिनुभयो ।
सुनचाँदी व्यवसायी संघ ललितपुरका अध्यक्ष सुविन बज्राचार्यले हाल नेपालमा सुन आयातमा सरकारी तबरबाट भएको फेरबदलका कारण दैनिक पाँच करोडभन्दा बढी राजश्व सङ्कलन हुदै आएकोमा सो राजश्व शुन्यमा झरेको उल्लेख गर्दै सरकारी सरकारी नीति राष्ट्रिय हितका लागि काम गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।
ललितपुर उद्योग बाणिज्य संघका पूर्व महासचिव एवम् नेपाल खाद्य व्यापार संघका अध्यक्ष रुपकमान महर्जनले उद्योगी व्यवसायीहरुले आप्mनो जायजेथा बैंकमा धितो राखेर सञ्चालन गर्दै आएको पेसा व्यवसाय मुलुकमा आर्थिक मन्दिका कारण धरासायी हुँदै गएको स्मरण गर्दै डाइनामिक, डिप्लोम्याटिक बन्द हुनुका साथै ललितपुर महानगरपालिकाले बिगतमा संकलन गर्दै आएको भाडा आम्दानी समेत गुमेको दुःखद् विषयमा चर्चा गर्दै आगामी दिनमा ललित उपमेयरबाट ललितपुरका उद्योगी, व्यवसायीहरुको हित र कल्याण हुने नीति तय गरेर अघि बढ्न मद्धत मिल्ने अपेक्षा गनुभयो ।
उहाँले ललितपुर महानगरपालिकाले भाडामा लगाएको पसल कबलहरु भाडा टेण्डर गर्दा मूल्य महँगो भएका कारण सञ्चालन हँुदै आएको पसल व्यवसाय पनि बन्द भएको भएकोले महानगर र व्यवसायीहरु यस कारणले मर्कामा परेकोमा दुखेसो व्यक्त गर्नुभयो ।
ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुविन बज्राचार्य सुनचाँदी गरगहना बनाउन आवश्यक पर्ने कच्चा पदार्थ सुनचाँदीलाई पर्याप्त रुपमा आपूर्तिको व्यवस्था गर्न नसक्दा ‘हाल नेपालमा सुन दैनिक २० किलो र चाँदी आयात ६० हजार डलरको सीमा भएकाले देशको आर्थिक विकासमा असर परेको बताउनु भयो । यसले नेपालको सुनचाँदी बजार नियन्त्रण भइरहेको स्मरण गर्दै सुनचाँदीलाई पर्याप्त रुपमा आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
नेपाल टेलरिङ व्यवसायी संघ काभ्रेका अध्यक्ष सुरेश श्रेष्ठले कपडा तथा सिलाई व्यवसायमा देखिएका समस्या समाधानका लागि साझा प्रयासको खाँचो औंल्याउनु भयो ।
कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, ललितपुरको आयोजना र ललितपुर उद्योग बाणिज्य संघको आर्थिक सहयोगमा २०८१ साल पुस ६ गते आयोजित मोटिभेस्नल तथा एड्भान्स कोट कटिङ तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिम नेपाल टेलरिङ व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष राजमान डंगोलको प्रशिक्षणमा सम्पन्न भइ ३३ जनाको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ ।
संघका अध्यक्ष पूर्णबहआदुर महर्जनले मानव पहिचानको मर्यादा दिन पोशाकसँग सम्बन्धित पेसागत मर्यादा र सदस्यहरुको हितमा काम निरन्तर काम गर्दै आएको चर्चा गर्नुभयो ।

Please follow and like us:
Pin Share
  • Related Posts

    महालक्ष्मी नगरपालिका–९ लामाटारद्वारा जेष्ठ नागरिकलाई तिर्थाटन

    दीपकप्रसाद घिमिरे ललितपुर ०८२ वैशाख १ गते ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर–९ द्वारा जेष्ठ नागरिकलाई चितवन, तनहु र नवलपराशीको त्रिबेणीमा रहेको देवघाटमा तिर्थाटन यात्रा गराइएकोे छ । तीर्थाटन ०८१…

    चन्द्रागिरिको पाटन सेवाकेन्द्र ठैबमा शुभारम्भ

    दीपकप्रसाद घिमिरे ललितपुर ०८२ वैशाख ६ गते चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको पाटन सेवाकेन्द्र ठैबमा ०८२ वैशाख ६ गते शुभारम्भ भएको छ । ललितपुरको पुल्चोकस्थित सञ्चालनमा रहेकको साविक पाटन…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    RSS
    Follow by Email